
धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सिरान बजारमा पाँच दिनसम्म सञ्चालन भएको यःमरी महोत्सव सम्पन्न भएको छ । मंसिर १८ देखि २२ गतेसम्म सञ्चालन भएको यःमरी महोत्सव सम्पन्न भएको हो ।
नेपाल भाषा मिसाः खल, नेवा मिसा देय दवू, नेपाल खड्की समाज, जोशी समाज र शाक्य समाजको सहयोगमा सिरान बजार युवा समूहको संयोजन तथा नेवाः पुच धनकुटाको आयोजना यःमरी महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवमा यःमरी र नेवारी खाजाका परिकारहरूको स्टल राखिएको थियो । नेवारी कला र संस्कृति जोगाउन महोत्सव आयोजना गरिएको नेवाः पुच धनकुटाका अध्यक्ष नवीन किशोर शाक्यले बताए ।
नेवारी भाषामा ‘य’ भनेको मन पर्ने र ‘मरी’ भनेको रोटी भन्ने बुझिन्छ । यस्तै यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलको पीठोभित्र राखेर पकाएर तातो खाने गरिन्छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमको प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।





तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

संगालोखबर 













