
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१ कृषि बजार नजिकै रहेको ग्यारेजबाट गाँजा सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि-४ का २५ वर्षीय विशन राई र भारतको रामगंज थाना सुजालीका २५ वर्षीय साफिर आलम छन् ।
गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मे १ ज २०१८ नम्बरको बोलेरोबाट अनलोड गर्दै गरेको अवस्थामा एक सय ४९ किलो गाँजा बरामद गरेको हो ।
गाडी चालक फरार रहेकाले खोजी भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद भएको गाँजा र गाडीसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













