
धनकुटा । धनकुटा नगरपालिका-७ रमाइलो घुम्तीमा आइतबार भएको बस दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका रामधुनी नगरपालिका-१ का ६० वर्षीय भुवन चौधरीको मृत्यु भएको हो ।
उनको मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको रामधुनी नगरपालिका-५ मा रहेको पिंक लोटस बोर्डिङ स्कुलका विद्यार्थीलाई शैक्षिक भ्रमणमा लिएर गएको को १ ख ५३१३ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा २९ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइते मध्ये २५ जना डिस्चार्ज भइसकेका छन् भने दुई जना विद्यार्थीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।

संगालोखबर 













