संगालोखबर


विराटनगर ।  कोशी प्रदेशमा एक लाख ५७ हजार ६ सय १३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९ सय २५ तथा अनलाइनमार्फत ९८ हजार ६ सय ८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका हुन् ।

मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३ सय ८९, इलामबाट ६ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८ सय ८ र तेह्रथुमबाट तीन हजार ६ सय ७७ जनाले निवेदन दिएका छन् ।

Advertisement

यस्तै धनकुटाबाट तीन हजार २ सय ७२, भोजपुरबाट दुई हजार ९ सय ९, खोटाङबाट चार हजार १ सय ६२, सोलुखुम्बुबाट ५ सय ८०, ओखलढुङ्गाबाट पाँच हजार ९ सय ३२, उदयपुरबाट आठ हजार ७ सय १७, झापाबाट ३५ हजार ३ सय १९, सुनसरीबाट ३२ हजार ३ सय ८२ र प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट ४४ हजार ४ सय २ जनाले निवेदन दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो ।

निवेदन दिनेहरू दोहोरिएको हुनसक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिए पनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटि भएकाको सच्याइने र ठाउँ सारी भएका सबैको अद्यावधिक गरी मङ्सिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!