संगालोखबर


विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा युवाहरूले प्रदर्शन गरेका छन् । युवा संघ नेपाल कोशी प्रदेशको जागरण सभामा सहभागि हुन सुनसरी आएका नेता बस्नेतको विरोधमा युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले बस्नेतविरुद्ध नाराबाजी गरेका थिए । ‘युवाहरूले प्रदर्शन गर्नुभएको थियो’, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवराम थापाले संगालोखबरसँग भने, ‘अहिले अवस्था सामान्य भइसकेको छ । सडकमा बालिएको टायर हटाइसकिएको छ ।’

Advertisement

विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा पनि एमाले नेता बस्नेत सवार गाडीमा केही युवाले रातो रंग छ्यापेका थिए । सो क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!