
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट लागूपदार्थ सेवन गरेर सवारी चलाउने आठ जना चालक तथा सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान-८ का २२ वर्षीय रोहन बिक, धरान-५ का ३० वर्षीय विनय बिक, सोही स्थानका २७ वर्षीय विमल राई, इनरुवा नगरपालिका-९ का २३ वर्षीय अभिषेक चौधरी, दुहबी-८ का २८ वर्षीय दिवस चौधरी, झापाको दमक नगरपालिका-१३ का ३९ वर्षीय अर्जुन पोद्दार, मोरङको बवियाबिर्ता-७ का ४३ वर्षीय पंचलाल खवास र बेलबारी नगरपालिका-९ का ३२ वर्षीय रमेश चौधरी छन् ।
उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

संगालोखबर 













