संगालोखबर
सांकेतिक तस्बिर

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट प्रहरीले नवजात शिशुको उद्धार गरेको छ । सडक छेउमा फालिएको अवस्थामा आज बिहान नवजात शिशुको उद्धार गरिएको हो ।

‘सडक छेउमा नवजात शिशु देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्नुभयो’, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले संगालोखबरसँग भने, ‘कसले शिशु छाडेर गयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।’

उनका अनुसार आज बिहान सात बजे शिशुको उद्धार गरेर नगर अस्पताल चक्रघट्टी लगिएको छ । शिशुको अवस्था सामान्य रहेको उनले जानकारी दिए । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!