
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ स्थितबाट लागूऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नसिब फार्मेसीका सञ्चालक ५० वर्षीय नसिबनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरी छन् ।
लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले आइतबार राति फार्मेसीमा छापा हानेको थियो । प्रहरीले छापा हानेपछि सिमेन्टको बोरामा राखिएको लागूऔषध सम्झनाले छतबाट बाहिर फालेकी थिइन् ।
फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमाडोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनीहरूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

संगालोखबर 













