
विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाँडागाउँबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी कल्पना राई र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई कल्पनाकै घरमा बस्ने २० वर्षीय मनोज राई छन् ।
गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कल्पनाको घरबाट प्र १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा लोड भएको अवस्थामा ९८ किलो गाँजा बरामद भएको छ ।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनीहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

संगालोखबर 













