
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २३ वर्षीय सिद्धार्थ राई छन् ।
मंगलबार राति करिब ७ः४० बजे प्र १-०२-०५३ प ९९८१ नम्बरको मोटरसाइकलमा धरानतर्फ आइरहेका राईलाई प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा राईले बोकेको झोलामा ११ किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 













