
सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । कारागारको ‘बी’ बन्दीगृहका बन्दी ५३ वर्षीय सुधना सरदारको मृत्यु भएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि जिल्ला जिल्ला अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको थियो । सजाय भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो ।
उनी पहिलेदेखि नै डाइबिटिजको बिरामी रहेका र नियमित औषधि सेवन गर्दै आएका प्रहरीले जनाएको छ ।

संगालोखबर 













