धरान,२६ असोज । दलालको बिगबिगी ले गरिबिले पिल्सिएका छोरि चेलीहरुलाई धनको लोभ देखाई भारत हुदै तेस्रो मुलुक पुर्याई बेचिरहेका खबर बारम्बार आइरहेको बेला फेरी धरानका दुई चेली ओमनमा बेचिएका छन्।

सात महिना अगाडिदेखि हराइरहेका दुर्इ चेलीलाई दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ ।

धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भइ धरान १५ मा डेरा गरी बस्ने यममाया लिम्बुलाई दलालले विक्री गरेको थाहा भएको हो।

उनीहरुलाई मोरङ उर्लावारीकी सीता भन्ने विष्णुमाया श्रेष्ठ र दुबईमा रहेकी उनकै छोरी लीना श्रेष्ठले विक्री गरेको पीडित परिवारको आरोप छ।

विष्णुमायाले सुरुमा धरान आएर पम्फा र यममायालाई ललाइ-फकाई गरी छोरी लीनासंग सम्पर्क गराएर ओमनमा लगेर विक्री गरेको पम्फाकी आमा टीकामाया गुरुङले बताएकी छिन्।

गत चैत महिनामा छोरी हराएपछि खोजी गर्दै जाँदा उर्लावारीकी विष्णुमाया र उनकी छोरी लीनाले ओमनमा लगेर विक्री गरेको चाल पाएको उनको आरोप छ।

परिवारका सदस्यलाई समेत थाहा नदिइ राम्रो रोजगारी लगाइदिने भन्दै विष्ण्मुमायाले ललाई फकाई दुबईमा छोरीको सम्पर्कमा पुर्‍याएर ओमनमा विक्री गरेको टिकामायाले बताइन्।

उनले ओमनमा पुर्‍याएका दुबै जनालाई साहुले दैनिक मानसिक, शारीरिक याताना दिएर यौन दुर्व्यवहार गर्ने गरेको छोरीले फोन गरेर आफूलाई सुनाएको बताइन्।

फम्फाले घर जाने माग गरेपछि साहुले हात काटेर रगताम्मे बनाएको हातको फोटोसमेत फेसबुकको म्यासेन्जरमा पठाएको पनि टिकामायाले बताएकी छिन्।

साहुसंग घर जान्छौ भन्दा दुबै जनालाई ५-५ लाख रुपैयाँमा किनेर ल्याएको बताएपछि आफूहरु बेचिएको चाल पाएको पम्फालाई उदृत गर्दै उनले बताएकी छिन्।श्राेत –अन्नपूर्ण पाेस्ट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!