संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा वाडाङ्मेट कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका, आठपहरिया समुदाय र कोप्चे पुनः जागरण अभियानको संयुक्त आयोजनामा आजबाट फेस्टिभल सुरु हुन लागेको हो ।

मौलिक कला, संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका लागि फेस्टिभल गर्न लागिएको हो । नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले फेस्टिभलमा सहयोग गर्ने जनाइएको छ ।

Advertisement

फेस्टिभलमा स्थानीय मौलिक खानाका परिकार, स्थानीय स्तरमा उत्पादन हुने कृषिवस्तु, हस्तकला, परम्परागत पोशाक, भाषिक र सांस्कृतिक पहिचान झल्कने कला संस्कृतिको प्रदर्शनी गरिने छ ।

कात्तिक २५ गतेसम्म संचालन हुने फेस्टिभलमा धनकुटाका पुराना तस्बिरहरूको प्रदर्शनी, साङ्गीतिक प्रस्तुती र सुकुल संवाद गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

यो अभियानले नगरको गौरव, संस्कृति र पर्यटन विकासमा नयाँ ऊर्जा तथा सम्पदा संरक्षण, स्वच्छ वातावरण र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हुँदा सबैको सहभागिताका आवश्यक रहेको तामाङले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!