संगालोखबर


धनकुटा । धनकुटाको करदाता सेवा कार्यालय नहटाउन माग गर्दै उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ । सरकारले हालसालै गरेको निर्णय अनुसार कार्यालय हटाउने प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो ।

सो प्रक्रियालाई तत्कालै रोक्नुपर्ने माग गर्दै वाणिज्य संघले आज धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय र आन्तरिक राजश्व विभागमा ज्ञापन पत्र बुझाएको छ ।

Advertisement

कार्यालय हटाइएमा यस क्षेत्रका उद्योगी, व्यापारी तथा व्यवसायीहरूलाई ठूलो समस्या उत्पन्न हुने वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

‘करदाता सेवा कार्यालयलाई कुनै पनि हालतमा हटाउन हुँदैन’, राईले भने, ‘कार्यालय हटाउने नभएर थप स्तरोन्नतिको आवश्यकता छ । पूर्वी पहाडी जिल्लाहरूको कर प्रशासनसम्बन्धी कार्यक्षेत्र पर्ने गरी आन्तरिक राजस्व कार्यालय स्थापना गर्न हामी नेपाल सरकारसँग अनुरोध गर्दछौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!