संगालोखबर


विराटनगर । कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । बाढी र पहिरोका कारण दुई वटा सडक एकतर्फी सुचारु रहेको जनाएको छ  । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटा चौबिसे गाउँपालिका-४ चारखोलेमा बाढी पहिरोका कारण तमोर करिडोर र मिक्लाजुङ गाउँपालिका-७  ऐनेभिर राँके रबि भेडेटार सडक पूर्णरूपमा अवरुद्ध छ  ।

Advertisement

यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चारखोलेमा अविरल वर्षका कारण र तेह्रथुमको म्याङलुङ नगरपालिका-६ सिस्ने खोलामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!