
धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका-५ लुम्फाजुङस्थित निर्माणाधीन रवि-राके-भेडेटार भित्री सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार २० मिटर सडक भासिएको छ भने माथिबाट पहिरो खसेको छ । जसका कारण दुईतर्फी सडक अवरुद्ध भएको उनले जानकारी दिए ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ । जसको प्रभाव भोलि शनिबारबाट कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संगालोखबर 













