संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका–९ तीनघुम्तीमा बस दुर्घटना भएको छ । दमकबाट दिक्तेल जाँदै गरेको प्र १-०२-००१ ख ९५१९ नम्बरको बस आज बिहान करिब ८ः४५ बजे सडकमा पल्टिएको हो ।

दुर्घटनामा परी एक जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका-३ की ५५ वर्षीया मिना गुरुङ छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।

Advertisement

बसमा २७ जना यात्रु सवार थिए । बाँकी सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । ‘हावा पाइप’ पड्किदा अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!