
धनकुटा । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ को प्रभावका कारण धनकुटा नगरपालिका विद्यालय आज बन्द गरिएको छ । निरन्तरको वर्षाका कारण विद्यालय र विद्यार्थीहरूमा पर्ने जोखिमको मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
‘आगामी दिनमा मौसमको प्रतिकूलता हेरी बिदाको व्यवस्था गर्न हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ ।
यस्तै प्रधानाध्यापकहरूका लागि राखिएको वार्षिक कार्यक्रमहरूको अभिमुखीकरण कार्यक्रम समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ ।


संगालोखबर 













