संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै चक्रवात ‘मोन्था’ को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।

नगर प्रमुख ज्ञानबहादुर गुरुङले जारी गरेको सूचना अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

Advertisement

जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव छ । जसको प्रभाव शनिबारसम्म रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!