संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-७ का ३० वर्षीय निर्मल पौडेल छन् ।

बिहीबार साँझ ७ बजे बसपार्कबाट जिरो प्वाईन्ट जाँदै गरेको प्रदेश नम्बर १-०२-०५८ प ४३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

Advertisement

चेकजाँचका क्रममा हेल्मेटभित्र तीन वटा र मुखभित्र ६ वटा प्लाष्टिकको पोकामा एक ग्राम २४५ मिलिग्राम ब्राउन सुगर फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

पौडेललाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!