
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवनमा रहेको प्रभु बैंकको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही वडास्थित खार खोलाका २७ वर्षीय सञ्जीव राई छन् ।
सोमबार अपराह्न एटीएम तोडफोड भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













