संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-९ पाँचगोलाईमा मिनिट्रक दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । चालक घाइते छन् । धनकुटाबाट सब्जी बोकेर धरानतर्फ जाँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्बरको मिनिट्रक गएराती करिब २ बजे पल्टिएको छ ।

Advertisement

दुर्घटनामा ट्रकका सह-चालक उदयपुरको रानिटारका १८ वर्षीय दिनेश क्षेत्रीको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । दुर्घटनामा सहचालक क्षेत्र र चालक उदयपुरको उदयपुरगढी-९ कुर्कुनटारका २६ वर्षीय नारायण खड्का घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा सहचालक क्षेत्रीको मृत्यु भएको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । चालक खड्काको उपचार भइरहेको छ । उनी प्रहरीको निगरानीमा छन् । ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!