संगालोखबर


विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ मा पतिले पत्नीको हत्या गरेका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिका-१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले सोमबार साँझ ८ बजेतिर २५ वर्षीया पत्नी अनिसा भट्टराईको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा दाहालले पत्नीलाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी अनिसालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो ।

Advertisement

उनको राति ९ः१०  उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!