संगालोखबर


धनकुटा ।  धनकुटाको पाख्रीबास नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले आज तलब निकासा गरिदिन आग्रह गरेका छन् । नेपाल शिक्षक महासङ्घ आवद्ध घटक संस्थाहरूले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रैमासिक साउन, भदौ र असोजको तलबभत्ता तथा चाडपर्व खर्च निकासा नहुने दुःखद र आपत्ति जनक रहेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

‘चाडबाडको मुखमा लामो समय तलब भत्ता निकासा हुन नसक्दा टाढा-टाढा घर जानुपर्ने शिक्षक कर्मचारीहरू बेखर्ची भई अलपत्र परेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘दैनिक व्यवहार टार्न समस्या भएको यस कठिन परिस्थितिमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

नगरपालिकामा पटक-पटक ताकेता गर्दा पनि समस्या समाधान नभएको उल्लेख गरिएको छ । आज सबै शिक्षक कर्मचारीहरूको खातामा तलबभत्ता निकासा हुने वातावरण नमिलाए जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!