झापा, २५ असोज । दुई छोरा छोरी आफ्नो नियन्त्रणमा लिएको बताउँदै तिनका आमासंग एसएमएस मार्फत पाँचलाख रुपैयाँ माग गर्ने एक व्यक्तिलाई बिर्तामोडका डिएसपी राजकुमार सिलवालले कारवाही गर्न आनाकानी गरेका छन् ।

Advertisement

हल्ला गरे जे पनि गर्न सक्ने धम्की दिने ति व्यक्तिलाई डिएसपी सिलवालले उन्मुक्ति दिन लागेको बुझिएको छ । डिएसपी सिलवालले उक्त घटनाका दोषीलाई कारवाहीका लागि पीडित पक्षले दिएको किटानी जाहेरी लिन इन्कार गरेका छन् ।

बरु मिल्न दवाब दिएका छन् । घटना असोज १२ गते अस्टमीका दिनको हो ।घटना विवरण अनुसार अस्टमीका दिन बिर्तामोड नगरपालिका – २ चैतुवारीका धनश्याम पौडेल (पुरोहित)सोही ठाउँ निवासी टेकनाथ न्यौपानेको घरमा छोरीको विवाह गराउन गएका थिए ।

सो क्रममा उनले न्यौपानेका घरमा मोवाइल चार्जमा राखेका थिए । चार्ज रहेको मोवाइलबाट ९८१५९३०९३३ नम्वरको सिम चोरी भएको थियो । चोरिएको सिम कार्डबाट १३ गते नहमीका दिन दिउँसो १.४१ वजे विमला सिलवालको ९८१७०७८०१४ नम्वरको मोवाइलमा पाँचलाख रुपैयाँ माग्दै धम्कीपूर्ण एसएमएस आएको थियो ।

एसएमएस आएपछि सिलवाल परिवार त्रसिद बन्यो । उता चार्जमा राखेको मोवाइलबाट सिम हराएपछि पौडेल समेत चिन्तित बनेका थिए । धम्कीपूर्ण एसएमएस आएपछि सिलवाल परिवारले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले सो क्रममा सिम धनी पौडेललाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि उनले सो सिम प्रयोग गरेर त्यस प्रकारको एसएमएस नपठाएको खुलेको थियो ।

बिर्तामोड – २ का दिवस दाहाल सो कार्यमा सम्लग्न रहेको अभियोगमा प्रहरीले उनलाई अहिले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका दाहाल विरुद्ध उजुरी गर्न पुगेका विमला सिलवालका अभिभावको जाहेरी डिएसपी सिलवालले नलिएको उनका श्रीमान् वेनुप्रसाद सिलवालले बताए । उनले पूर्वाञ्चलसंग भने–घटनामा सम्लग्न भएको स्वायम दिवसले स्वीकारी रहेको छ यस्तो अवस्थामा पनि डिएसपी सिलवाल जाहेरी लिन मान्दैनन् ।’

पटक – पटक जाहेरी लिन आग्रह गरेपनि डिएसपी सिलवालले जाहेरी नलिएपछि आफूहरु बाध्य भएर घर फर्किएको उनले बताएका छन् । उनले भने– ‘श्रीमतीलाई धम्कीपूर्ण शव्द प्रयोग गरेर पठाएको एसएमएस सहित जाहेरी गर्न जाँदापनि प्रमाण भएन भन्दै डिएसपीले यो घटना सामान्य हो , मिल्न उपयुक्त हुन्छ , तपाइहरु मिल्नुहोस् भन्दै उल्टै हामीलाई मिल्न दवाव दिए ।’

यता डिएसपी सिलवालले उक्त घटना सामान्य भएको बताएका छन् । उनले एसएमएस मात्र यथेष्ट प्रमाण होइन,प्रमाण सहित आए २४ घण्टा भित्र कारवाही गर्न आफू तयार रहेको बताएका छन् ।

धाक दिँदै धम्की दिँदै यसप्रकारको आपराधिक गतिविधिमा सम्लग्नलाई मानव अपहरण तथा शरीर वन्धक मुद्धा चलाउन सकिने कानुन व्यवसायीको भनाई छ ।

तर, डिएसपी सिलवालले यस अघि पनि अर्जुनधारा ११ का ११ वर्षीय वालक लक्ष्मण सिवाकोटीको हत्यामा सम्लग्न भएको अभियोगमा परेको किटानी जाहेरी लिन मानेका थिएनन् ।

स्थानीय र मृतकका आफन्तको चर्काे दवावपछि मात्र पोखरेल परिवार विरुद्ध परेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय बिर्तामोडले दर्ता भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement