संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि जारी निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ९ हजार ३५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदाता मध्ये करिब ३५ प्रतिशत मतदान भएको हो ।

उक्त समयमा चार हजार सात सय २८ पुरुष र चार हजार तीन सय २५ महिलाले मतदान गरेका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको कार्यालयले जनाएको छ । ग्रामथानमा १२ मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् ।

Advertisement

ग्रामथान-१ खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालय, लखन्तरीस्थित वीरेन्द्र माध्यमिक विद्यालय, ग्रामथान-२ वडा कार्यालय, सरस्वती माध्यमिक विद्यालय झोराहाट, ग्रामथान-३ स्थित राधाकृष्ण आधारभूत विद्यालय र सिद्राहाको वाणी माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान जारी छ ।

यस्तै ग्रामथान-४ स्थित महेन्द्र माध्यमिक विद्यालय, मोतिपुरको लोहन्द्रा आधारभूत विद्यालय,  ग्रामथान-५ को देवी माध्यमिक विद्यालय, ग्रामथान-६ को पब्लिक माध्यमिक विद्यालय, ग्रामथान-७ को गणेश माध्यमिक विद्यालय र बनिगामास्थित सरस्वती आधारभूत विद्यालयका मतदान स्थलमा मतदान जारी छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदार थारूको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन भएको हो । थारूको गत असार ३ गते निधन भएको थियो । ग्रामथानको अध्यक्षका लागि एक स्वतन्त्रसहित १६ जना आकाङ्क्षी चुनावी मैदानमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!