बारा, १ अशोज । जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहको निर्वाचनमा निजगढ वडा नम्बर ४ का उम्मेदवार जयराम कुनवरको दोहोरो नागरिकता खारेज गरेको छ।

Advertisement

कुनवरले दोहोरो नागरिकता लिएको पाइएकोले शनिबार खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए।

कुनवरले १४ वैशाख २०६० मा पहिलोपटक इलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएको र दोस्रो पटक जयराम कुनवर नाममा २१ माघ २०६३ मा घुम्ती टोलीमार्फत ३३३१०११/५९९ नम्बरको नागरिकता लिएका थिए।

जुन नामले उम्मेदवारी दिएको सोही नामको नागरिकता खारेज गरिएकाले उनको उम्मेदवारी रद्द हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन अधिकृतको कार्यालयबाट पत्र आएपछि आयोगले कानुनअनुसार निर्णय लिने जानकारी दिए।

निजगढ नगरपालिकाको वडा नम्बर–४ मा कनुवरले एमालेको तर्फबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। दाबी विरोधको दिन कुवरमाथि दोहोरो नागरिकता लिएको उजुरी नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुनिल चौधरीले गरेका थिए।

कुनवरले किर्ते गरेर दुई पटक गरी दुईवटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिएका थिए।

नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय बारा कलैयालाई पत्र लेखेको निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिए।अाजकाे राजधानी दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!