संगालोखबर


विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-२ शिवचोक स्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका सफारी चालक रामधुनी-५ की ३६ वर्षीय सोनिया कुमारी चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेको प्र १-०२-००४ ह ४३१५ नम्बरको सफारीलाई सोही दिशा तर्फ जाँदै गरेको यूपी १६ इके १९८९ नम्बरको भारतीय स्कारपियोले पछाडिबाट ठक्कर दिएको थियो । सफारी चालक चौधरीको छाती र टाउकोमा चोट लागेको थियो ।

Advertisement

उनको ओमसाई अस्पताल झुम्कामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो चालक भारतको बिहार सीतामढीका ३४ वर्षीय अनिरुद्र सुदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कारपियो तीब्र गतिमा रहेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!