संगालोखबर

विराटनगर । विराटनगर-५ कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ । स्थानीयको सक्रियतामा मन्दिर निर्माण हुन लागेको हो । आज एक कार्यक्रमको बीच विराटनगरका मेयर नागेश कोइरालाले मन्दिरको शिलान्यास गरेका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, नेकपा एमालेका नेता विनोद ढकाल, वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

मन्दिरको शिलान्यास अघि कलशयात्रा निकालिएको थियो । कलशयात्राले वडाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!