धनकुटा । धनकुटामा २६ हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । विभिन्न स्थानमा आफैँ उम्रिएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको हो । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले नौ हजार तीन सय गाँजाको बोट नष्ट गरेको छ ।
सहिदभूमि गाउँपालिका-५ को १३ रोपनी क्षेत्रफलबाट उक्त गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । साँगुरीगढी गाउँपालिका-८ को पाँच रोपनी क्षेत्रफलबाट सात हजार र पाख्रिबास-१० को छ रोपनी क्षेत्रफलबाट सात हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले उक्त स्थानको गाँजा नष्ट गरेको हो । यसैगरी प्रहरी चौकी त्रिवेणीले सहिदभूमि-२ बाट दुई हजार पाँच सय र प्रहरी चौकी आँखिसल्लाले सहिदभूमि-६ बाट आठ सय गाँजाको बोट नष्ट गरेको छ ।
धनकुटामा प्रहरीले गाँजाको बोट फडानी गरी नष्ट गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ ।