विराटनगर । मोरङको रङ्गेली नगरपालिका-८ निचामारीमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । हिजो साँझ कसरलाल ताजपुरियाकी दुई वर्षीया छोरी शोभालाई पर्खालले किचेको थियो ।
आफ्नै घरमा इँटाबाट बनेको मन्दिरको पर्खाल भत्किएर किच्दा नाबालिका घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान गरिरहेको छ ।