धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलास्थित च्याउ फर्ममा लागेको आगो नियन्त्रण भएको छ । आज अपरान्ह करिब ४ बजेबाट सुरु भएको आगलागी साँझ करिब ७ बजे नियन्त्रणमा आएको हो ।
आगो निभाउन दमकल, प्रहरी र स्थानीयवासीलाई तीन घण्टा लागेको थियो । कमल राईले सो च्याउ फर्म सञ्चालन गरेका हुन् । च्याउ खेतीका लागि राखिएको परालमा धेरै क्षति पुगेको छ ।
आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।