संगालोखबर


विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले प्रयोगविहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने भएको छ । मन्त्री भुपेन्द्र राईका अनुसार स्थानीय तहको समन्वयमा पुल सार्ने निर्णय भएको हो ।

सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरू स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको मन्त्री राईले जानकारी दिए । प्रयोगविहीन पुलहरू आवश्यक स्थानमा सारेपछि प्रयोगमा आउने उनको भनाइ छ ।

Advertisement

मन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरू योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय पनि गरेका छन् ।

हिजोदेखि स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री राईले पदभार ग्रहण गर्दै शैलजा आचार्य हृदय रोग उपचार केन्द्र र गङ्गालाल हृदय रोग अस्पतालबीच अस्पताल सञ्चालनका लागि सम्झौता गर्ने निर्णय गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!