संगालोखबर
सांकेतिक तस्बीर

धनकुटा । धनकुटा नगरपालिका-३ स्थित डाँडागाउँमा महिला मृत भेटिएकी छन् । आज बिहान देबराज राईको घरको बरण्डामा सुतेको अवस्थामा महिला मृत भेटिएकी हुन् ।

अन्दाजी ५०/५५ वर्षीया उनको पहिचान भने खुलिनसकेको धनकुटा प्रहरीले जनाएको छ । बाटुली दर्जी भनेर बोलाउने गरेको खुलेको र कहिलेकाँही उनी सोही घरमा आएर बस्ने गरेको खुलेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

Advertisement

उनले संगालोखबरसँग भने, ‘तीन दिन अगाडि महिला राईको घरमा आएको खुलेको छ । उनको घर कहाँ हो भन्ने खुलेको छैन ।’ शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको उनले जानकारी दिए ।

उनी बिरामी रहेको खुलेको र घटनाका सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!