संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा आज शोक बिदा दिइएको छ । चौविसे-१ का निर्वाचित वडा सदस्य नरबहादुर मगरको निधन भएपछि गाउँपालिकाले एक दिन शोक बिदा दिएको हो ।

Advertisement

मगर, गत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए । उनी गाउँसभा सदस्य पनि थिए । मुटु सम्बन्धी समस्याबाट ग्रसित उनको गत मंगलबार निधन भएको हो । वडासदस्यको निधन भएको दुखद घडीमा शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले सूचना जारी गरेर शोक बिदाका कारण गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्था बन्द रहने जानकारी दिएका छन् । स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा भने सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!