संगालोखबर


धनकुटा । धनकुटाको हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिले ब्याडमिन्टन क्लबको आयोजनामा कात्तिक १४ गते कार्यक्रम हुन लागेको हो ।

तीन महिना पछि हुने तेस्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ कार्यक्रम गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

Advertisement

कार्यक्रममा राष्ट्रिय स्तरका बहुचर्चित तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक क्लबका अध्यक्ष आशिष तामाङले जानकारी दिए ।

तेस्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने अनुमान गरिएको उनले बताए । उनका अनुसार सहयोग सङ्कलन सांस्कृतिक कार्यक्रमसँगै अन्य माध्यमबाट पनि गरिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!