संगालोखबर


धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाले संयुक्त रूपमा गरेको अनुगमनमा म्याद गुज्रिएका सामग्री भेटिएको हो ।

होटल, इन्धन, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ तथा खाद्यान्न फेला परेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए ।

Advertisement

त्यस्तै पसलमा मूल्यसूची नराखिएको पाइएकाले अनिवार्य मूल्यसूची राख्न आग्रह गरिएको उनले बताए । अटेर गरेको खण्डमा कारबाही समेत गरिने उनको भनाइ छ । चाडपर्वको समयमा म्याद गुज्रेका सामान तथा खाद्यान्न बिक्री हुने गुनासो बढेपछि अनुगमनलाई तीब्र पारिएको रायमाझीको भनाइ छ ।

धनकुटामा दशैँ अगाडि पनि बजार अनुगमनलाई तिव्रता दिइएको थियो । अनुगमन निरन्तर चलिरहने घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी विकास कार्कीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!