संगालोखबर

विराटनगर । मोरङका प्रहरी प्रमुख फेरिएका छन् । झापा घर भएका प्रहरी उपरीक्षक एसपी नारायण चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख बनेर आएका हुन् ।

Advertisement

यसअघिका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय गएका छन् । मोरङ आएको ८ महिनामै एसपी कार्कीलाई हेडक्वार्टर तानिएको हो । एसपी कार्की आर्थिक लेनदेनमा मुछिएको उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको स्रोतको दावी छ ।

अपराध अनुसन्धान विभागमा कार्यरत एसपी राजन लिम्बूलाई मोरङ प्रहरी प्रमुखको जिम्मेवारीमा पठाउने तयारी गरिएको भएपनि अन्ततः एसपी चिमरियालाई पठाइएको हो । चिमरिया यसअघि सुनसरीको दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण प्रमुखको रुपमा कार्यरत थिए ।

नयाँ आएका एसपी चिमरियाले आज पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेर सङ्गठनले तोकेको जिम्मेवारी पालना गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

परिचयात्मक कार्यक्रममा एसपी चिमरियाले प्रहरीले गर्नुपर्ने र सुधार्नुपर्ने विषयमा पत्रकारहरूबाट सुझाव लिएका छन् । पत्रकारहरूले मोरङमा लागूऔषध ओसारपसार बढेको, जुवाजन्य खेल खेलाइँदा पनि प्रहरी मुकदर्शक बन्ने गरेको लगायत समस्या, सुझाव र जिज्ञासा राखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!