संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित एउटा घरमा आगलागी भएको छ । आज डाँडागाउँ स्थित थामशेर राईको फुसको छानो भएको एक तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो ।

आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, कागज पत्र र नगदसहित घरमा भएका सम्पूर्ण सामान नष्ट भएका प्रहरीले जनाएको छ ।

Advertisement

१२ बजे लागेको आगो दुई बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!