संगालोखबर


विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरेको छ । आज माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement

आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । काङ्ग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गर्न बाँकी छ । २०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!