संगालोखबर


विराटनगर । विराटनगर-१५ बाट प्रहरीले एक सय तीन किलो गाँजा बरामद गरेको छ । हिजो नेपालबाट भारततर्फ गइरहेको बी आर ३८ ए डब्लु ३७७६ नम्बरको भारतीय कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कारको डिक्कीमा गाँजा फेला पारेको थियो । इलाका प्रहरी कार्यालय रानीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!