संगालोखबर

धनकुटा । धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले टुँडिखेल नजिक रहेको आफ्नै भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

Advertisement

आजबाट सात दिनसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी निर्मलाले जानकारी दिइन् । सो सेवा केन्द्रले आज बिहान पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रशिक्षण कार्यक्रमको विषयमा जानकारी दिएको हो ।

सहभागीहरूलाई प्रशिक्षक अर्जुन प्रसाद थपलियाले प्रशिक्षण दिनेछन् । आज पहिलो दिन स्वअनुभूति तथा सकारात्मक सोचको कला, दोस्रो दिन परमात्मा अनुभूति तथा जीवन जिउने कला, तेस्रो दिन कर्मको वास्तविक रहस्य र चौथो दिन सृष्टिको आदि मध्य र अन्त्यको रहस्यका विषयमा प्रशिक्षण दिइनेछ ।

पाँचौ दिन तनाव एवं क्रोध मुक्त जीवन, छैटौँ दिन कमल पुष्प समान जीवन जिउने कला र सातौँ दिन सुमधुर सम्बन्धबाट शान्ति एवं खुशीको अनुभूति प्राप्त गर्ने विषयमा जानकारी दिइने प्रशिक्षक थपलियाले जानकारी दिए ।

हरेक दिन बिहान ११ः३० देखि दुई घण्टा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!