संगालोखबर
तस्वीर सौजन्यः सरस कट्टेल  

विराटनगर । विराटनगरमा एक सय वर्ष नाघेका दुई वृद्धलाई आज अभिनन्दन गरिएको छ । विराटनगर-६ स्थित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले विराटनगर-२ निवासी शताव्दी पुरुष नारायण खनाल र विराटनगर-३ निवासी वद्रीनाथ खतिवडालाई अभिनन्दन गरेको हो ।

विराटनगर-४ कञ्चनबारी पिपलचौकस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा सय वर्ष नाघेका खनाल र खतिवडालाई सम्मानसहित अभिनन्दन गरिएको हो ।

Advertisement

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारी, प्रतिष्ठानका अध्यक्ष प्रा.डा.भोलानाथ पोखरेल लगायतले दुवै जनालाई फूलमाला, दोसल्लासहित अभिनन्दनपत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा दुई विद्यार्थी रोशन न्यौपाने र अनुज घिमिरेलाई पनि नगदसहित पुरस्कृत गरिएको छ । उनीहरूलाई जनही पाँच/पाँच हजार नगदसहित पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!