संगालोखबर


धनकुटा । धनकुटामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम छथर गाउँपालिका–६ का ५४ वर्षीय नेत्र कट्टेल सामान्य घाइते भएका हुन् ।

उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो हिले सिरानमा धरानबाट तेह्रथुम जाँदै गरेको बा २ ख ७२४४ नम्बरको यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको को ३८ प ४३५९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

Advertisement

बस चालक मोरङको पथरीशनिश्चरे–१० का ३१ वर्षीय प्रेम तामाङ प्रहरी चौकी हिलेको नियन्त्रणमा छन् । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!