संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । प्रदेशका विभिन्न जिल्लामा भएका दुई सय ६९ दुर्घटनामा १४ जनाले ज्यान गुमाएका नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा १३ पुरुष र एक महिला छन् । असोज १७ गते घटस्थापनादेखि २९ गतेसम्म भएको उक्त दुर्घटनामा ३९ जना गम्भीर घाइते भएका छन् । मोरङमा ९५ स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

Advertisement

सुनसरीमा ६५ स्थानमा भएको दुर्घटनामा चार जनाको मृत्यु हुँदा सात जना गम्भीर घाइते भएका छन् । झापामा ७२ दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । यस्तै धनकुटा र खोटाङमा एक/एक जनाको मृत्यु भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!