संगालोखबर


विराटनगर । विराटनगर-९ स्थित मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगत माथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई धरानबाट पक्राउ गरेर विराटनगर ल्याउँदै गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता हेमराज ओलीले संगालोखबरसँग भने, ‘पक्राउ गरेर विराटनगर ल्याउँदै गरेको अवस्था हो । यहाँ ल्याइसके पछि थप कुरा खुल्छ ।’ हिजो साँझ भगतलाई खुकुरी हानेर उनीहरू फरार भएका थिए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!