संगालोखबर


विराटनगर। झापामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-१० हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार दुर्घटनामा भद्रपुर-१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हो । 

Advertisement

गएराति चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि सवार आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकोमा चिकित्सकले मृत घोषण गरेका थिए । 

दुर्घटनामा सोही मोटरसाइकलमा सवार भद्रपुर-१० कै २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर-८ का २५ वर्षीय सञ्जीव गिरी गम्भीर घाइते भएका छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!