संगालोखबर


धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध तरिकाले लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । पाख्रिबास नगरपालिका, सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा प्रहरीले गाँजा नष्ट गरेको हो ।

आफैँ उम्रिएको तथा अवैध रूपमा लगाइएको गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले  सहिदभूमिमा छ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ ।

Advertisement

यस्तै साँगुरीगढीमा दुई हजार पाँच सय र पाख्रिबासमा नौ सय बोट गाँजा नष्ट गरिएको छ । यो अभियान निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!