संगालोखबर

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल छेउमा कार र मोटरसाइकल जुध्दा प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे ठोक्किएका हुन् ।

Advertisement

सुनसरीको नडाहास्थित अस्थायी प्रहरी बिटमा कार्यरत संखुवासभाको सिलिचुङ–२ घर भएका प्रहरी जवान ३२ वर्षीय चित्रसागर राई दुर्घटनामा परेका हुन् । उनले मोरसाइकल चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको भएपनि अस्पताल ल्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि कार र चालक मोरङको सुन्दरहरैँचा-९ का ३० वर्षीय दुलाल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!