संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा हायस दुर्घटना भएको छ । काठमाडौंबाट यात्रु लिएर सङ्खुवासभाको खाँदबारी तर्फ जाँदै गरेको हायस आज दिउँसो दुर्घटनामा परेको हो ।

हायसमा १८ जना यात्रु थिए । जसमध्ये तीन जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भएको र अवस्था सामान्य रहेको खड्काले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

प्रहरी निरीक्षक खड्काले भने, ‘सामान्य दुर्घटना हो । घाइतेहरूको पनि सामान्य उपचार पश्चात अवस्था सामान्य छ ।’ सडकको भित्तामा ठोक्किएको हायसको अगाडिको भागमा क्षति पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!